पाल्पा क्रिकेट संघका अध्यक्ष राजेश श्रेष्ठको निधन

पाल्पा । जिल्ला क्रिकेट संघ पाल्पाका अध्यक्ष राजेश श्रेष्ठको बुधबार निधन भएको छ । तानसेन नगरपालिका–७, लामडाँडामा बस्दै आएका श्रेष्ठ गत मंसिर १४ गते अचानक बिरामी परेका हुन् ।

श्रेष्ठको लामो समय लुम्बिनी मेडिकल कलेज पाल्पा र त्यसपछि काठमाडौंमा उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा काठमाडौंमा निधन भएको हो । श्रेष्ठलाई आन्तरिक रक्तश्राव भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

पेटको समस्या भएर सामान्य औषधि सेवन गरेका श्रेष्ठलाई आकस्मिक आन्तरिक रक्तश्राव भएपछि अस्पताल भर्ना गरिएको परिवारले जनाएका छन् ।

लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा सुधार नआएपछि काठमाडौंमा उपचारका लागि लैजानु परेको क्रिकेट संघका उपाध्यक्ष शैलेन्द्र भट्टराईले जानकारी दिए ।

श्रेष्ठ लुम्बिनी प्रदेश क्रिकेट संघका कोषाध्यक्षका साथै लुम्बिनी प्रदेशकै खेलाडी छनोट समितिका संयोजकसमेत थिए । २०६० सालमा गठन भएको जिल्ला क्रिकेट संघको श्रेष्ठले अहिलेसम्म नेतृत्व लिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?