अनमीमाथि जातीय विभेद गर्ने ३ जना विरुद्ध प्रहरीमा जाहेरी दर्ता

मुगु । जिल्ला प्रहरी कार्यालयमा आइतबार अनमी तुलसा विश्वकर्मा माथि जातीय विभेद गर्ने ३ जना व्यक्तिविरुद्ध जाहेरी दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक तथा सूचना अधिकारी प्रकाशसिंह कार्कीका अनुसार सोरु गाउँपालिका खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी विश्वकर्मा माथि जातीय विभेद गर्ने ३ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको र दुई जना पक्राउ गरी अनुसन्धान सुरु गरिएको र बाँकी एक जनाको खोजी कार्य जारी राखिएको बताए ।

पक्राउ पर्नेमा झापु शाही र धनप्रसाद भट्ट रहेका छन् । पक्राउ परेका शाही र भट्टलाई अदालतमा हाजिर गराइ अनुसन्धान सुरु गरिएको कार्कीले बताए ।

दाङ तुलसीपुर घर भइ सोरु खनायाँ स्वास्थ्य चौकीमा कार्यरत विश्वकर्मा स्वास्थ्य इन्चार्ज सुरजको घरमा डेरा गरी बस्दै आएकी थिइन् ।

वैशाखमा सुरजकी आमा झापुले अनमिलाई दलित भनेर थाहा पाए पछि जातीय भेदभाव गरेको र डेरा सार्न दबाब दिएको उनी माथि आरोप छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?