बुटवल । कपिलबस्तु मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको यशोधरा गाउँपालिका–५ सुठौलीमा सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–५ बभनीका १५ वर्षीय रमन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
युपि ५५ एस ७१८६ नम्बरको मोटरसाइकल र लु.३ त ९३२४ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किदा यादव गम्भीर घाईते भएका थिए । उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको जनाइएको छ ।

