गुल्मीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय

तम्घास । गुल्मीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय स्थापना गरिएको छ । सदरमुकामसमेत रहेको रेसुङ्गा नगरपालिकाको तम्घासमा गत मङ्सिर अन्तिम सातादेखि उक्त कार्यालय सञ्चालनमा ल्याइएको हो ।

जिल्लामा कम्पनीको शाखा कार्यालय स्थापनाका लागि उक्त नगरपालिकाले गत असारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यालयमा पत्र पठाएको थियो । सोही पत्रका आधारमा मङ्सिरदेखि कार्यालय स्थापना गरिएको नगर प्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।

उक्त कार्यालयले नागरिकलाई खाद्य सुरक्षाको सुनिश्चितता गर्ने, रैथाने बाली प्रवद्र्धन एवं बजार सुनिश्चितता गर्ने, खाद्यान्न आपूर्ति गर्ने र महामारी तथा प्रकोपमा खाद्यान्न अभाव हुन नदिनेलगायत काम गर्ने कार्यालय प्रमुख पुष्पा पाण्डेले बताइन् ।

सदरमुकाममा कम्पनीको कार्यालय स्थापना भएपछि चार पालिकामा कम्पनीको खरिद तथा बिक्री केन्द्र अर्थात् डिपो पनि सञ्चालनमा ल्याइएको छ ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सार, मदाने गाउँपालिकाको बाँझकटेरी, मालिका गाउँपालिकाको अर्खबाङ्ग एवं रेसुङ्गा नगरपालिकाको हाटबजारमा डिपो सञ्चालन गरिएको हो ।

छत्रकोट गाउँपालिकाको दौघामा पनि डिपो सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिइन् । जिल्लामा कम्पनी एवं डिपोबाट बजार मूल्यभन्दा कम मूल्यमा उपभोक्ताले दैनिक उपभोग्य सामग्री प्राप्त गर्ने भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?