नेपालगन्ज उपमहानगरपालिकाले जथाभाबी फोहोर फाल्नेलाई तिरायो १० हजार जरिवाना

बाँके । नेपालगन्ज उपमहानगरपालिकाले जथाभाबी फोहोर फाल्नेलाई कारबाही गर्न थालेको छ । संयुक्त बजार अनुगमनका क्रममा धम्बोझीस्थित नन्दादेवी कन्सर्नलाई सडकमा फोहोर (औषधिजन्य) फालेबापत १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

संयुक्त बजार अनुगमनका क्रममा सडकमा जथाभाबी म्याद नाघेका औषधि (फोहोर) फालेको भेटिएपछि नगरपालिकाले आज नन्दादेवीलाई १० हजार रुपैयाँ जरिवाना गरिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका फार्मेसी अधिकृत डा. अस्मित आचार्यले बताए । सडकमा जथाभाबी फोहोर फालेको नन्दादेवी कन्सर्नलाई १० हजार जरिवानासँगै तीन घण्टाभित्र फोहोर उठाउन निर्देशन दिइएको छ ।

नेपालगन्जलाई सफा, स्वच्छ र सुन्दर सहर बनाउन ‘सचेतना प्रवर्द्धन र जरिवाना अभियान’ थालेको उपमहानगरपालिकाले सडकमा जथाभाबी फोहोर फाले ५ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने जनाएको छ ।

फोहोर मैला व्यवस्थापन ऐन २०७५ अनुसार जरिवाना गरिनेछ । नगरलाई सफा राख्न दैनिक फोहोर सङ्कलन गर्दै आएको नेपालगन्ज उपमहानगरपालिकाले जथाभाबी फोहोर फाल्नेलाई अब जरिवाना नै तिराउने नीति लिएको नगर प्रमुख प्रशान्त विष्टले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?