बाँकेमा १ लाख बढीको अवैध सामान बरामद

खजुरा । बाँके प्रहरीले नेपालगन्जका विभिन्न स्थानबाट एक लाख रुपियाँ बढीको भन्सार छलीगरी भारतबाट नेपाल ल्याइएका अवैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ईलाका प्रहरी कार्यालय जमुनाहको प्रहरी टोलीले गस्ती गर्नेक्रममा नेपालगन्ज –१५ जमुनाहबाट भारतबाट अवैधरुपमा चोरी पैठारी गरी भन्सार छली गरेर नेपालतर्फ ल्याउँदैगरेको जाडो मौसममा महिलाले लगाउने ८४ थान कपडा कुर्ता सुरुवाल बरामद गरेको जनाएको छ ।

८४ थान कुर्ता सुरुवालको अन्दाजी मूल्य ४६ हजार २ सय रुपियाँ रहेको प्रहरीले जनाएको छ । त्यसैगरी नेपालगन्ज –१० गणेशमान चोक नजिकबाट भन्सार छलेर ल्याइएका मोटरसाइकलका पार्टपुर्जा अन्दाजी नौं हजार ९ सय रुपियाँ बराबरको बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले डुडुवा गाउँपालिका –६ बकौलीबाट अवैध सालको गोलिया काठ बरामद गरेको जनाएको छ । ईलाका प्रहरी कार्यालय हिरमिनिया र डिभिजन वन कार्यालय बाँकेबाट गएको संयुक्त टोलिले उक्त स्थानबाट ५ फिट लम्बाइ ६९ ईन्च गोलाइ भएको साल जातकोे गोलिया काठ बरामद गरेको छ ।

११/९१ क्यूफिट आयतन भएको सो काठको अन्दाजी मूल्य ४६ हजार रुपियाँ रहेको प्रहरीले जनाएको छ । गोलिया काठलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय र अन्य सामानलाई नेपालगन्ज भन्सार कार्यालय पठाइएको बाँके प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?