रुपन्देहीमा पिकअपले ठक्करदिदाँ पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्लाको शुद्धोधन गाउँपालिका–२ पडरवा टोलमा बुधबार साँझ लु.१ च ७०४७ नम्बरको पिकअप गाडीको ठक्करबाट सोही ठाउँ बस्ने १९ वर्षीय सन्तोष लोध गम्भिर घाइते भएका थिए ।
ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

