back to top

अनमी तुलसामाथि यौन हिंसा गर्ने गाउँपालिका शिक्षा अधिकृत मल्लविरुद्ध मुद्दा दर्ता

मुगु । दलित महिला स्वास्थ्यकर्मीलाई यौन हिंसा गरेको अभियोगमा मुगुको सोरु गाउँपालिकाको शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्लविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ।

मुगुको सोरु गाउँपालिका–९, खनैयाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी २३ वर्षीया तुलसाकुमारी विकले मल्लविरुद्ध जिल्ला अदालत मुगुमा यौन हिंसाको मुद्दा दिएकी हुन्।

शिक्षा शाखा प्रमुख मल्लले आफूलाई पटक–पटक यौन हिंसा गरेको अभियोग तुलसाले लगाएकी छन्। कहिले भेटेर त कहिले फोनमार्फत मल्लले यौन हिंसा गरेको दाबी पीडितले गरेकी छन् । सार्वजनिक भिडिओमा तुलसाले आफूलाई एक बर्थडे पार्टीमा चिसोमा झुक्याई रक्सी मिलाएर खुवाई सार्वजनिक रूपमा बदनाम गरेको बताएकी छन् ।

तुलसाले यही पुस ११ गते मल्लविरुद्ध जिल्ला अदालतमा फिरादपत्र दर्ता गराएकी हुन् । यस विषयमा प्रतिवादी मल्ललाई म्याद पठाउने तयारी भइरहेको मुगु अदालतल स्रोतले जानकारी दिएको छ।

यस्तै उनलाई जातीय विभेद गरेको आरोपमा खनैयाँ स्वास्थ्यचौकीका इन्चार्ज सुरजकुमार शाही, उनकी आमा झापु शाही र किराना पसल सञ्चालन गर्ने धनप्रसाद भट्ट हाल हिरासतमा छन् । उनीहरूका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?