दाङकी १८ वर्षीय बालिका उद्योगको टहराभित्र मृत फेला

घोराही । दाङको तुलसीपुरमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् । तुलसीपुर उपमहानगरपालिका –१५ पहरुवा निवासी १८ वर्षीय धारा रैदाश बिहीबार दिउँसो मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घरदेखि करिब ६० मिटर दक्षिणतर्फ तुलसीपुर उपमहानगरपालिका –१६ मा रहेको एमटी इट्टा भट्टाले बनाएको खाली टहराभित्र मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।

मृत भेटिएकी किशोरीलाई बाख्रा चराउन गएका गोठालाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको मल्लले जानकारी दिए । बालिका मृत भेटिए पनि कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?