नेपालगञ्ज दुर्घटना : मृतकको पहिचान खुल्यो

नेपालगञ्ज । गए राति १२ः३० बजेको समयमा नेपालगञ्जमा स्कारपियोले ठक्कर दिँदा मृत्यु भएका मृतकको पहिचान खुलेको छ ।

ठक्करबाट ज्यान गुमाउनेमा नेपालगञ्ज उपमहानगरपालिका– १३ की २४ वर्षीया आस्था शाह र राजापुर नगरपालिका– १० बर्दियाका २३ वर्षीय मायाराम चौधरी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुबेदीले जानकारी दिए ।

कोहलपुरबाट नेपालगञ्ज तर्फ आउँदै गरेको सुपप्र ०१–००१– च ३४६४ नम्बरको स्कारपियोले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको थियो ।

दुर्घटनामा नेपालगञ्ज – १३ की सहाना शाह घाइते भएकी छिन । तिब्र गतिमा रहेको गाडीले सडक छेउमा उभिएकालाई ठक्कर दिँदै पर्खालमा ठोकिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?