घोराही । दाङमा बसको ठक्करबाट बालकको मृत्यु भएपछि आक्रोशित भीडले प्रहरीको गाडी तोडफोड गरेका छन् ।
सोमबार अपराह्न तुलसीपुर उपमहानगरपालिका-१८ झिँगे नजिकै तुलसीपुर-घोराही सडकखण्डमा सार्वजनिक बसले ठक्कर दिँदा बालकको मृत्यु भएको हो ।
दुर्घटनापछि आक्रोशित स्थानीयले प्रहरीको गाडीमा तोडफोड गरेका छन् । प्रहरीले मृतक बालकको शव उठाउन खोजेको भन्दै स्थानीय आक्रोशित बनेका हुन् । मृतक बालकको पहिचान खुलिसकेको छैन ।
घटना लगत्तै चालक बस छोडेर भागेको प्रहरीले बताएको छ । विद्यालयबाट घर जान पैदल हिँडिरहेका ती बालकलाई अगाडिको टायरले किचेको थियो । अहिले स्थानीयले तुलसीपुर–घोराही सडकखण्ड बन्द गराएका छन्।

