back to top

गुल्मीमा १२ वर्षीया बालिकालाई बलात्कार गर्ने एकजनालाई १९ वर्ष कैद सजाय

गुल्मी ।  नाबालिग बलात्कार अभियोगमा दोषी ठहर भएका गुल्मीको इस्मा गाउँपालिकाका एक व्यक्तिलाई १९ वर्ष कैद सजाय भएको छ ।

जिल्ला अदालत गुल्मीका न्यायाधीश वसन्तराज पौडेलको इजलासले इस्मा– ४ दोहलीका ३७ वर्षीय भुपाल अधिकारीलाई १९ वर्ष कैद र सात लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो ।

जरिवानाको सात लाख एवं पीडित बालिकाको उमेर र शारीरिक तथा मानसिक अवस्थामा परेको चोटका कारण थप एक लाख गरेर आठ लाख पीडितलाई क्षतिपुर्ती भराउने फैसला भएको जिल्ला अदालत गुल्मीका सूचना अधिकारी कृष्णप्रसाद पान्डेयले जानकारी दिए ।

त्यस्तै अधिकारीले २८ हजार पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसलामा उल्लेख छ । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अधिकारीलाई ०७९ साउन ११ गते गिरफ्तार गरेको थियो। उनले बालिकालाई विभिन्न प्रलोभन देखाएर गाउँकै खरबारीमा लगेर बलात्कार गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?