back to top

कपिलबस्तुमा ट्याक्टर मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

तौलिहवा । कपिलबस्तुमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

बुधबार साँझ कपिलवस्तु नगरपालिका–१० पचेहरा नजिकै ट्याक्टर र मोटरसाइकल ठोक्किँदा कपिलवस्तु नगरपालिका–३ गौढी टोलका २३ बर्षिय परदेशी गुप्ताको मृत्यु भएको हो ।

तौलिहवाबाट जीतपुर तर्फ जाँदै गरेको लु २ त ११६४ र ओदारीबाट तौलिहवा तर्फ जाँदै गरेको लु ५ प ६७४९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदाँ उक्त दुर्घटना भएको थियो । दुर्घटनामा परि गुप्ताको टाउकोमा गम्भीर चोट लागेका कारण घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर छाडेर चालक भने फरार भएका छन् । चालकको खाजी भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव कपिलवस्तु अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?