back to top

कपिलवस्तुको बनमा पहिलो पटक बाघ भेटिएको पुष्टि

कपिलवस्तु । कपिलवस्तुका विभिन्न बनमा बाघ भएको हल्ला भए पनि यसको आधिकारीक पुष्टि भने भएको थिएन । तर यस पटक भने कपिलवस्तु जिल्लाको वनमा पहिलो पटक बाघ भएको औपचारिक रुपमै पुष्टि भएको छ ।

बाघ र अन्य स्तनधारी वन्य जन्तुको अवस्था थाहा पाउन राखिएको क्यामरा ट्यापिङ प्रविधिबाट बाघको तस्बिर खिचिएपछि पाटे बाघ भएको पुष्टि भएको हो ।

कपिलवस्तु जिल्लाको पश्चिम दक्षिण क्षेत्रमा बाघ फेला परेको बताइएको छ । यद्यपि जिल्लामा बाघ भेटिएको पुष्टि भए पनि स्थानबारे थप खुलाइएको छैन ।

बाघ फेला परेको स्थानको विषयमा थप विवरण र फोटो कार्यक्रमको समापन पछि सार्वजनिक गरिने ताल परियोजनाले जनाएको छ ।

ताल परियोजनाले पुस ४ गते देखी कपिलवस्तु, दाङ र अर्घाखाँचीका वनमा क्यामरा ट्यापिङ जडान गरिएको थियो । दाङको गडवा र राप्ती गाउँपलिका, अर्घाखाँचीको शितगंगा नगरपालिका र कपिलवस्तुको विजयनगर गाउँपालिका, शिवराज नगरपालिका र बुद्धभूमि नगरपालिकाको वडा नम्बर ९ मा क्यामरा राखिएको थियो ।

हरेक २ किलोमिटर क्षेत्रमा एक क्यामरा राखिएको छ । ३ जिल्लाका ५६० वर्ग किलोमिटर क्षेत्रफलमा १४२ क्यामराबाट वन्यजन्तुको अवस्था अध्ययन गरिएको ताल परियोजनाले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?