बाँकेमा हाइसको ठक्करबाट साइकल यात्रीको मृत्यु

बाँके । बाँकेको राप्तीसोनारीमा हाइसको ठक्करबाट एक जना साइकल यात्रुको मृत्यु भएको छ ।

हुलाकी सडकखण्डको राप्तीसोनारी-४ धामपुरमा दाङबाट नेपालगन्ज आउँदै गरेको तीब्र गतिमा रहेको भे१ख ४१३६ नम्बरको हाइसको ठक्करबाट सोही वडाकै बैजापुरका ४५ वर्षीय मंगल थारुको मृत्यु भएको वडाध्यक्ष मीनराज खड्का (सन्तोष) ले जानकारी दिएका छन् ।

वडाध्यक्ष खड्काका अनुसार बिहीवार साँझ दाङबाट नेपालगन्जका लागि अगैया हुँदै बैजापुर भएर आउँदै गरेको उक्त हाइसले धामपुरबाट घरतर्फ जान लागेका थारुलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

अहिले उक्त सडकखण्ड सुगम बनेकाले सवारीसाधन सोही बाटो भएर जाँदा अत्याधिक गतिमा गुड्ने गरेकाले अबदेखि प्रहरी प्रशासनसँग समन्वय गरेर त्यस सडकमा गुड्न रुट परमिट पाए नपाएको जाँच गर्ने खड्काले बताए । त्यहाँबाट गुड्ने सवारीसाधनको स्पीड लिमिट समेत गरिने उनले बताए ।

दुर्घटना पश्चात फरार रहेका हाइस चालकलाई इलाका प्रहरी कार्यालय धामपुरले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?