भ्यानको ठक्करबाट साइकल यात्रुको मृत्यु

बर्दिया । बर्दियामा भ्यानको ठक्करबाट साईकल यात्रीको ज्यान गएको छ ।

जिल्लाको राजापुर नगरपालिका–१० खैरीचन्दनपुरमा नेपालगन्जबाट राजापुर जाँदै गरेको भे१ज १३३७ नम्बरको भ्यानले साइकल यात्रुलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा मधुवन नगरपालिका–३ का ५४ वर्षीय नोके दमाई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् डीएसपी तिलकराम अर्यालले जानकारी दिए ।

दमाईको मृत्यु भएपछि मधुवन–३ ओराली बजारमा तनाव सिर्जना भएको छ । भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?