नवलपरासीमा अबैध सर्जिकल सामाग्री तथा औषधीहरुसहित दुई जना पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९ चण्डालटोलबाट अबैध रुपमा भन्सार छलि ल्याएको सर्जिकल सामाग्री तथा औषधीहरुसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

आइतबार बिहान ४ बजे भारतबाट अबैध रुपमा ल्याएको सर्जिकल सामाग्री तथा विभिन्न प्रकारका औषधीहरुसहित गोरखाको गण्डकी गाउँपालिका–४ भेंडाबारी बस्ने वर्ष ३० का सुजन भन्ने विवेक पोख्रेल र बाग्लुङको बडिगाड गाउँपालिका–५ टारी बस्ने वर्ष २९ का अभिषेक खरेललाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले उनीहरु सवार प्रदेश नं.३ ०१.००२ च ८९९६ नम्बरको कारलाई चेकजाँच गर्दा अन्दाजी मूल्य रू.२९,४९,०१७ बराबरको अवैध सर्जिकल सामाग्री तथा विभिन्न प्रकारका औषधीहरु ६ पेटी बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक बोहराका अनुसार बरामद गरिएको औषधी, मानिस तथा कारलाई नवलपरासीमा ल्याई राखिएको छ । उनीहरूलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाउने तयारी भईरहेको बोहराले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?