back to top

लागूऔषधसहित दुई जना पक्राउ

बुटवल । अवैध लागूऔषधसहित प्रहरीले नेपालगन्जबाट एक र दाङबाट एक गरी दुई जनालाई पक्राउ गरेको छ ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० रमेशपुरबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँका १९ वर्षीय रामचन्द्र यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरी टोलीले उनलाई १ सय ४० मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै दाङको घोराही उपमहानगरपालिका–१४ बालमन्दिरस्थित तालावाङ्गी होटेलबाट शनिबार साँझ अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित प्युठान स्वर्गद्वारी नगरपालिका–३ का ३१ वर्षीय सन्तोष रेग्मीलाई गरेको प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले रेग्मीलाई २ ग्राम ४ सय २० मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?