कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादि २२ बर्ष पछि पक्राउ

परासी । पश्चिम नवलपरासीमा २२ बर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका एक अभियुक्त पक्राउ परेका छन् । रामग्राम नगरपालिका-१०, मन्झरियाका ५८ बर्षका सुमराती डफालीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका डफालीलाई कैद सजाय भुक्तानका लागि जिल्ला अदालत परासीमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय परासीका डिएसपी रेशम बोहोराले बताए । डफालीलाई २०५८ सालमा कर्तव्य ज्यान मुद्दामा अदालतले दोषी ठहर गरेको थियो । तर उनी त्यसयता फरार रहेका थिए ।

लुकिछिपी घर आउने जाने गरेको सुचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?