रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको ७२ बोरा प्याज बरामद

लुम्बिनी । रुपन्देही प्रहरीले ठूलो परिमाणमा भारतबाट अवैध रूपमा प्याज बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा १ लाख ६२ हजार ७ सय ५० मूल्य बराबरको अवैध प्याज बरामद गरेको हो ।

मायादेवी गाउँपालिका वडा नम्बर-४ स्थित सुण्डीबाट बेवारिसे अवस्थामा फेला परेको ७२ बोरा प्याज स्थानीयवासीको रोहबरमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर केसीले बताए ।

बरामद गरिएको प्याज आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देही पठाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?