बाँके । बाँकेको खजुरामा रहेको कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेशको बाख्रा अनुसन्धान इकाईमा आगलागी हुँदा ६२ वटा बाख्रा मरेका छन् । विद्युत सर्ट भएर बाख्रा अनुसन्धान इकाईमा आगलागी भएको थियो ।
बुधबार बिहान तीन बजे आगलागी हुँदा ६२ वटा बाख्रा मरेका हुन् । बाख्रा अनुसन्धान इकाईको खोर नम्बर १ मा ८३ वटा बाख्रा थिए । त्यसमध्येमा २८ वटा ठूला र ३४ वटा पाठापाठीको मरेका छन् ।
२१ वटा बाख्रालाई उद्धार गरिएको छ । स्थानीयवासी र त्यहाँका कर्मचारीले बिहान ६ बजे आगो नियन्त्रणमा लिएका थिए । घटना बारेमा अनुसन्धान भइरहेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

