बर्दिया । बर्दियामा आगो ताप्दै गर्दा एक्कासि ब्ल्यांकेटमा आगो सल्किएर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको राजापुर नगरपालिका–५ स्थित घरभित्रको कोठामा बुधबार आगो तापिरहेका बेला ब्ल्यांकेटमा सल्किएर ७५ वर्षीया सोहनी थारु घाइते भएकी थिइन् ।
उनको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी तिलकराम अर्यालले बताए ।
घाइते थारुलाई पहिले उपचारका लागि जिल्ला अस्पताल गुलरिया लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि नेपालगन्ज रेफर गरिएको थियो ।

