back to top

नेपालगन्ज जाँदै गरेको हाइस दुर्घटना हुँदा १ जनाको मृत्यु

रुपन्देही । सुर्खेतबाट नेपालगन्जतर्फ जाँदै गरेको हाइस गाडी कोहलपुर सुर्खेत सडकखण्डअन्तर्गत बबईमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

सुर्खेतबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख ३६३० नम्बरको गाडी सुर्खेत भेरिगंगा नगरपालिका–५ बबई नजिकै अनियन्त्रित भई विहीबार बेलुका पल्टेर दुर्घटना हुँदा बारबर्दिया नगरपालिका ११ विजयनगर बस्ने वर्ष २३ का रोशन चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दुर्घटनामा चालक सहित गाडीमा सवार अन्य २५ यात्रु घाईते भएका छन । घाइतेहरुलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर ल्याइएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?