पूर्व वडाध्यक्ष निमप्रसाद थारुको हृदयाघातबाट निधन

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–८ का निवर्तमान वडा अध्यक्ष निमप्रसाद थारुको निधन भएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी पार्टीबाट ठाकुरबाबा नगरपालिका–८ को वडा अध्यक्षमा निर्वाचित थारुको ४९ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

थारुलाई यसअघि पनि हृदयाघात भएपछि मुटुको भल्भको शल्यक्रिया भएको थियो । उनलाई शनिवार राति हृदयाघात भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा निधन भएको माओवादी केन्द्र ठाकुरबाबा नगर अध्यक्ष नेत्रराज आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?