आगो ताप्ने क्रममा जलेर ८७ वर्षीया महिलाको मृत्यु

बर्दिया । बर्दियामा चिसोबाट जोगिन आगो ताप्दै गर्दा एक्कासी आगो सल्केर गम्भीर घाइते भएकी एक महिलाको आइतबार बिहान मृत्यु भएको छ ।

बर्दिया मधुवन नगरपालिका–४ बसन्ता भुल्लनचोक स्थित घरको बरन्डामा आगो तापिरहेकी ८७ वर्षीया चिन्की थरुनी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तिलकराम अर्यालले बताए ।

आगलागी बिहान ३ बजे भएपनि बिहान साढे ५ बजे जानकारी पाएपछि घटनास्थलमा प्रहरी पुगेको उनले जनाए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनायो । यस वर्ष जाडोयाम सुरु भएयता आगो ताप्ने क्रममा बर्दियामा सात जनाको ज्यान गइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?