गुल्मीका तीन युवा उद्यमी सम्मानित

गुल्मी । गुल्मी उद्योग वाणिज्य संघले आफ्नो ३२ औं साधारणसभामा गुल्मी पश्चिमका तीन युवा उद्यमीलाई नगदसहित सम्मान गरेको छ ।

सामाजिक कार्यक्रममा सधै अग्रसर संघले व्यावसायीक घाँस र फुलखेतीमा काम गरिरहेका इस्मा गाउँपालिका–३ को ग्यालेक्सी कृषि फर्मका सञ्चालक गोकर्ण नेपाली, व्यावसायीक पशुपालक धुर्कोट गाउँपालिका–५ को आविष्कार पशुपन्छी फार्मका सञ्चालक रविन्द्र घिमिरे र व्यावसायीक कफि गरिरहेका कृषक मदाने गाउँपालिका–३ का प्रेम अर्याललाई सम्मान गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीराज भुसालले तीनै जना युवा उद्यमीलाई नगदसहित प्रमाणपत्रले सम्मान गरेका थिए । वाणिज्य संघको सम्मानले व्यावसायीक जीवनमा अझै धेरै उर्जा प्राप्त भएको युवा उद्यमी गोकर्ण नेपालीले प्रतिक्रिया दिए ।

वाणिज्य संघले व्यावसायीहरुको व्यावसायीक क्षमता विकास, अनुगमन, बिपद् र कृषिको क्षेत्रमा विगतदेखि काम गर्दै आएकाले अहिले कृषि पेशामा युवाहरुको आकर्षण जोगाउन सम्मानको सुरुवात गरेको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी प्रसाद पौडेलले बताए ।

उनले बिस्तारै जिल्लाका अरु व्यावसायीक उद्यमीहरुलाई सम्मान गरिने बताए । साधारण सभामा संस्थाका महासचिव इश्वरी प्रसाद बेलबासेले पेश गरेको बार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष बिष्णु अधिकारीको आर्थिक प्रतिवेदन पास गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?