दुर्गा पौडेललाई राष्ट्रिय सभामा लैजान चित्रबहादुरको प्रस्ताव

बुटवल । गत वर्ष मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा प्यूठानमा पराजित दुर्गा पौडेललाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न राष्ट्रिय जनमोर्चाले प्रस्ताव गरेको छ।

प्युठानमा सात दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेर नेकपा एमालेका सूर्य थापासँग पराजित पौडेललाई राष्ट्रिय सभामा लैजान जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रस्ताव गरेका हुन् ।

जनमोर्चा उपाध्यक्षसमेत रहेकी पौडेललाई राष्ट्रपतिबाट मनोनीत गरिने राष्ट्रिय सभाको महिला सदस्यमा लैजान केसीले प्रस्ताव गरेका हुन् ।

‘हामीले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई राष्ट्रपतिद्वारा मनोनीत हुने राष्ट्रिय सभाको महिला सदस्यका लागि प्रस्तावित गरेका छौँ’, अध्यक्ष केसीले भनेका छन्, ‘त्यो पद मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिद्वारा मनोनीत हुने भएकाले सरकार र राष्ट्रपतिद्वारा उहाँलाई राष्ट्रिय सभामा नियुक्त गर्ने कुरामा जोड दिन्छौँ।’

आगामी फागुन २० गतेबाट राष्ट्रपतिबाट मनोनीत १ सहित राष्ट्रिय सभाका २० सदस्यको पदावधि सकिँदै छ। त्यसमध्ये १९ जनाको माघ ११ मा निर्वाचन हुँदैछ ।

पौडेल प्रतिनिधि सभाको निर्वाचनमा एमाले युवा नेता थापासँग फराकिलो मतले हारेकी थिइन् । यसअघि गत वर्ष नै झापा ३ मा हारेका कांग्रेस नेता कृष्ण सिटौला पनि माघ ११ को राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छन् ।

२०७४ सालमा एमाले/माओवादीको साथ लिएर निर्वाचित पौडेल जनमोर्चाको मातृपार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहकी श्रीमती हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?