back to top

गुलरिया नाकाबाट भारत लैजान लागेका दुई किशोरीको उद्दार

बर्दिया । दुई किशोरीलाई ललाई फकाई भारत लैजाँदै गर्दा आइतबार गुलरिया–११ गणेशपुर नाकाबाट तीन जना पक्राउ परेका छन् । साना हातहरु नेपालको सक्रियतामा प्रहरीले दुई किशोरीलाई उद्दार गरेको हो ।

किशोरीलाई भारत लैजान लागेका तीन जना पक्राउ परेका छन् । नेपाल भारत सीमाको गणेशपुरबाट भारतको लौकाहीतर्फ शंकास्पद रुपमा मोटरसाइकलमा जाँदै गर्दा उनीहरुलाई पक्राउ प्रहरीले पक्राउ गरेको हो ।

बाँकेको जानकी गाउँपालिकाकी १५ वर्षिया र बर्दिया बढैयाताल गाउँपालिकाकी १६ वर्षिया किशोरीलाई भारत लैजान लागेको अवस्थामा उद्दार गरिएको बर्दिया प्रहरीका प्रवक्ता डिएसपी तिलकराम अर्यालले जानकारी दिए ।

उनका अनुसार बाँके कोहलपुर–७ का २६ वर्षीय लालबहादुर पुन, बैजनाथ गाउँपालिकाका प्रेमबहादुर विक र जानकी गाउँपालिका–६ का अंकित कुमार लोनियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरु विरुद्ध मानव बेचबिखनको मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।–कान्तिपूरबाट

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?