रूपन्देही । नेकपा (एकीकृत समाजवादी) को भातृ संगठन युवा संघ नेपाल प्युठानका अध्यक्ष कमल घर्तीमगर माथि स्थानीय युवाले आक्रमण गरेका छन् ।
गौमुखी मेला हेर्न गएको बेला किनाम भन्ने ठाउँ नजिक दुई जना अपरिचित व्यक्तिले घर्तीमाथि रड प्रहार गरी आक्रमण गरेको नेकपा एसका जिल्ला अध्यक्ष भोजविक्रम बुढामगरले दिए ।
घर्तीमगरको टाउको र हातमा चोट लागेको छ । टाउकोमा ७ वटा टाका लगाइएको बुढाले बताए । घर्तीको सामुदायिक स्वास्थ्य चौकी अर्खामा सामान्य उपचार पछि प्युठान जिल्ला अस्पताल रिफर गरिएको थियो । उनी खतरामुक्त भए पनि टाउकोमा धेरै चोट लागेको छ । प्रहरीले घटनामा संलग्न रहेकाको अनुसन्धान गरेको जनाएको छ ।

