रोल्पामा जबरजस्ती करणी अभियोगमा ६१ वर्षीय पुरुष पक्राउ

रोल्पा । रोल्पामा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६१ वर्षीय पुरुष पक्राउ परेका छन् । जिल्लाको सुनछहरी गाउँपालिका–६ गामखोले बस्ने कविराम पुन मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मगरले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जेलवाङ र इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?