बुटवल । दाङमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मंगलबार राति तुलसीपुर उपमहानगरपालिका १० पड्ढामा राति १० बजेतिर मोटरसाईकलको ठक्करबाट सोही ठाउँका ५९ बर्षीय हाउले चौधरीको घाइते भएका थिए ।
चौधरीलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।
ठक्कर दिने मोटरसाइकलको बिवरण खुल्न सकेको छैन । त्यसकालागि सीसी क्यामेरा हेरेर पत्ता लगाउने तयारी भइरहेको छ ।

