बर्दिया । गत कार्तिक २७ गते नियन्त्रणमा लिएको घाइते बाघको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्मापुरको खोरमा राखिएको करिब १२ वर्षकी घाइते पोथी पाटे बाघलाई नियन्त्रणमा लिई उपचार गराइरहेको अवस्थामा मृत्यु भएको हो ।
चार वटा डमरु जन्माएकी पोथी पाटे बघिनीसँग आपसमा जुद्धा घाइते भएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक रामले बताए ।
‘घाइते पोथी पाटे बाघलाई नियन्त्रणमा लिई उपचार गराउँदै आएका थियौं,’ उनले भने, ‘शुक्रबार मृत्यु भएको बाघको शनिबार निकुञ्ज परिसरमा पुरिएको (दाहसंस्कार) गरिएको छ ।’
बर्दिया निकुञ्जमा हाल ठाकुरद्धारामा दुई र रम्मापुरमा तीन वटा समस्याग्रस्त बाघ खोरमा रहेका छन । पछिल्लो गणनाअनुसार बर्दियामा १ सय २५ वटा बाघ रहेको निकुञ्जले जनाएको छ ।

