रुखबाट लडेर ६५ वर्षीय महिलाको मृत्यु

दाङ । दाङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर–१३ बखरियाकी ६५ वर्षीय शितली कुसारीको शनिबार बेलुका घर नजिकै जंगलमा रुखबाट लडेर मृत्यु भएको हो ।

स्याउला काट्न जंगल गएकी उनी अबेरसम्म घर नआएपछि परिवार र छिमेकी खोज्न जाँदा घाइते अवस्थामा फेला पारी तुलसीपुर सिटी अस्पताल उपचारका लागि लगेका थिए ।

त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लैजाने तयारी गर्दै गर्दा शितलको मृत्यु भएको परिवारले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?