बुटवल । बर्दियामा नदीमा डुबेर एक भारतीय महिलाको मृत्यु भएको छ । जिल्लाको गुलरिया नगरपालिका–१०, लटकनियाघाटस्थित भादा नदीमा डुबेर महिलाको मृत्यु भएको हो ।
बिहान करिब साढे ११ बजे महिला नदीमा डुबेको सूचना प्रहरीले पाएको थियो । खोजीका क्रममा भारतको निशानगाडाकी ५० वर्षीय महिलाको शव नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका बर्दियाका डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए । उनका अनुसार ती महिलाको मानसिक सन्तुलन ठिक थिएन ।

