back to top

जातीय तथा यौन हिंसाका कारण मुगुबाट विस्थापित अनमी तुलसाकाे कालीकोटमा काज सरुवा

मुगु । जातीय भेदभाव र यौन हिंसाका कारण मुगुको सोरु गाउँपालिका–९, खनायाँस्थित स्वास्थ्य चौकीबाट विस्थापित स्वास्थ्यकर्मी (अनमी) तुलसा विश्वकर्माले कालीकोटमा काज सरुवा पाएकी छन् ।

कर्णाली प्रदेशको मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालयले काज सरुवा मिलाइदिएपछि आफू यही माघ ३ गतेदेखि कालीकोटको तिलागुफा नगरिपालिकाको स्वास्थ्य कार्यालयमा काम गर्न थालेको तुलसाले बताइन् ।

आफूलाई जातीय विभेद र यौन हिंसा गरेको आरोपमा आफ्नै दुई हाकिमसहित ४ जनाविरुद्ध मुद्दा दिएपछि तुलसा पहिलेको कार्यस्थल मुगुको सोरु गाउँपालिका–९, खनायामा असुरक्षित भएकी थिइन् । प्रहरीसहितको टोलीले उनलाई गत पुस ३ गते त्यहाँबाट उद्धार गरेर सदरमुकाम गमगढी ल्याएको थियो ।

त्यसयता अन्योलमा परेकी उनी प्रदेश सरकारले काज सरुवा मिलाएपछि अहिले आफ्नै घरपायक कालीकोटको तिलागुफा नगरपालिकाको स्वास्थ्य कार्यालयमा काम गर्न थालेकी हुन् ।

‘अहिले मलाई ३ महिनाको काज सरुवा दिनुभएको छ’, सोमबार उनले भनिन्, ‘तीन महिनाभित्र प्रदेशको निजामती सेवा ऐन आउँदै छ, आयो भने सरुवा मिलाँउँछौँ भन्नुभएको छ, ऐन आएन भने काज सरुवाको अवधि थप्छौँ भन्नुभएको छ।’

यसैबीच उनले आफूविरुद्ध छुवाछूत गर्ने तीनै जना अभियुक्त धरौटीमा रिहा भइसकेको जानकारी पनि दिइन् । तुलसाको जाहेरीका आधारमा पक्राउ परेका खनायाँ स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाही, उनकी आमा झापु शाही र स्थानीय किराना पसल सञ्चालक धनप्रसाद भट्ट धेरौटीमा रिहा भएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?