रोल्पा । रोल्पामा एक पुरूष मृत अवस्थामा भेटिएका छन् ।
जिल्लाको त्रिवेणी गाउँपालिका–७ निवासी अन्दाजी ४० वर्षको शोभाराम बुढाथोकी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
माघ ९ गत्ते ससुरालीबाट घर फर्किएको तर घर नआएपछी बेलुका घर परिवारले सम्पर्क गर्न खोज्दा सम्पर्क नभएकाले घरपरिवारले खोजी गर्दा आज बिहान करिब ८ बजे घर देखि करिब ५०० मिटर तल बाटोमा मृत अवस्थामा फेला परेका थिए ।
अनुसन्धान गर्दै जादा त्रीवेणी गाउँपालिका ७ गर्गरे निवासी अन्दाजी ५८ वर्षका बल बहादुर बिक, छम्पा निवासी अन्दाजी ३० वर्षका गणेश डाँगी र १६ वर्षका खुस्मान डाँगीलाई सोधपुछको लागि प्रहरिले हिरासतमा राखेको छ । शवलाई पोस्टमार्टम लागि जिल्ला अस्पताल रेउघा पठाइएको र घटना बारे थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

