बर्दिया । बर्दियामा विहिबार बेलुका आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारबर्दिया नगरपालिका–३, मुन्न्नागौढीका ८० वर्षीय चेतानन्द शर्मा रहेको जिल्ला प्रहरी कार्यालयका एसपी सुधीर शाहीले जानकारी दिए । उनका अनुसार आगो ताप्ने क्रममा जलेर घाइते भएका शर्मालाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो ।
जिल्ला अस्पतालले थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पताल रिफर गरेको थियो । उनको त्यहाँ उपचारकै क्रममा शुक्रबार मृत्यु भएको हो । बर्दियामा जाडोयाम लागे यता आगो ताप्ने क्रममा आगोले जलेर आठ जनाको मृत्यु भइसकेको छ ।

