बाँके । नेपालगन्ज ल्याइँदै गरेको अवैध सामग्रीसहित बाँके प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले भारतबाट ल्याउँदै गरेको दुई लाख २५ हजार दुई सय रुपैयाँ बराबरको अवैध सामानसहित पाँच जनालाई आइतवार विहान नेपालगन्ज उपमहानगरपालिका १२ बाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायब निरीक्षक सुशील रावलको कमाण्डको टोलीले कुर्ता, सल्वार लगायतका सामग्री, तस्करीमा प्रयोग गरिएका भारतीय नम्बर प्लेटको मोटरसाइकल र साइकलसहित तस्करीमा संलग्न पाँच जनालाई पक्राउ गरेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।
उक्त अवैध सामान, मोटरसाइकल, साइकलसहित पक्राउ परेका सवैलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको उनले बताए ।

