बाँकेमा माइक्रोबसको ठक्करबाट प्रहरी जवानको मृत्यु

बुटवल । बाँकेमा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ ।

जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१८ मा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बर्दिया मधुवन नगरपालिका–८ घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान विकास डाँगीको मृत्यु भएको हो ।

आइतबार दिउँसो भे.१ ख १६९७ नम्बरको माइक्रोबसले लु.१ ब २९३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा डाँगी गम्भीर घाइते भएका थिए । उनको नर्सिङ होम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । माईक्रोबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?