बुटवल । प्युठानमा वेवारिसे अवस्थामा शिशु फेला परेका छन् ।
प्युठानको जुम्रीस्थित होटेल आयुष्मा नजिकै जस्ता (टिन)को छाप्रोमा सालनालसहित झोलुङ्गोमा राखिएको अवस्थामा नवजात शिशु (छोरी) फेला परेकी हुन् । आज बिहान करिब ७ बजेको समयमा बच्चा रोएको आवाज सुनेपति स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
शिशुको जिल्ला अस्पताल विजुवारमा उपचार भईरहेको छ । कसले बच्चा जन्माएर के उद्धेश्यले फालेको हो भन्ने खुलेको छैन् ।

