बुटवल । कपिलवस्तुमा गाडीको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा महाराजगन्ज नगरपालिका–२ की ७ बर्षीय तैहब्ब मुसलमान रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
बुधबार बर्गदास्थित सडकमा गाडीको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि जिल्ला अस्पताल तौलिहवा पुर्याइएको थियो ।
उनको उपचारको क्रममा बुधबार साँझ मृत्युु भएको हो । गाडीको बिवरण भने खुल्न सकेको छैन भने फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।

