रेसुङ्गा, सुपादेउराली र स्वर्गद्वारी जोड्न सार्वजनिक यातायात चलाउने तयारी

बुटवल । प्रसिद्ध धार्मिकस्थल प्युठान स्वर्गद्वारी, गुल्मी रेसुङ्गा र अर्घाखाँची सुपादेउराली जोड्ने गरी सार्वजनिक यातायात चलाउने तयारी गरिएको छ ।

अर्घाखाँची सुपादेउरालीबाट झिमरुक गाउँपालिका, प्युठान मच्छी हुँदै स्वर्गद्वारी तीर्थस्थलसम्म र गुल्मी तमघासबाट झिमरुक गाउँपालिका, प्युठान मच्छी हुँदै स्वर्गद्वारीसम्म नियमित यातायात सेवा सञ्चालन गर्ने उद्देश्यले प्युठान झिमरुक गाउँपालिकाले पहल थालेको छ ।

यसका लागि गाउँपालिकाले शुक्रबार छलफलका लागि बोलाएको छ । गाउँपालिकाले प्युठानको गौमुखी बस यातायात व्यवसायी प्रालि, अर्घाखाँचीको देउराली यातायात प्रालि र गुल्मीको गुल्मी यातायात प्रालिसँग समन्वय गरी सार्वजनिक यातायात चलाउने तयारी गरिएको हो ।

रेसुङ्गा, सुपादेउराली र स्वर्गद्वारी जोड्न सार्वजनिक यातायात चलाउने तयारी - Lumbini News

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?