खजुराका वडाध्यक्षले कुटे प्राविधिक

काठमाडौँ । खजुरा गाउँपालिकाका प्राविधिक लिलाराज धामीमाथि हातपात भएको छ। खजुरा गाउँपालिका–५ का वडाध्यक्ष गरिबे शेषले आज दिउँसो प्राविधिक धामीमाथि कार्यक्षेत्रमै हातपात गरेका गाउँपालिका स्रोतले जनाएको छ ।

खजुरा गाउँपालिका–६ मा अवस्थित भानु माध्यमिक विद्यालयमा सम्पन्न भएको माटो पटान कामको प्राविधिक मूल्यांकन गर्न गएका प्राविधिक धामीमाथि कुटपिट गरेको स्रोतको भनाइ छ ।

वडाध्यक्ष गरिबे वडा नम्बर–६ मा रहेको भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत हुन् । गाउँपालिकाले माटो पटानका लागि दुई लाख रुपैयाँ रकम विनियोजन गरेको थियो । वडाध्यक्ष गरिबेले नापजाँच नगरी प्राविधिक मूल्यांकन गर्न दबाब दिइरहेको उनीहरूको आरोप छ ।

वडाध्यक्ष गरिबेले प्राविधिकलाई कुटपिट गरेपछि खजुराका प्राविधिकहरूले कामकाज ठप्प पारेका छन्। अहिले पालीकाका जनप्रतिनिधि र कर्मचारीबीच घटनाबारे छलफल भइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?