दाङका गृहिणीको रोजाइ बिजुली चुलो

देउखुरी । दाङको घोराही उपमहानगरपालिका–६ की गीता शर्माले विगत एक वर्षदेखि बिजुली चुलोमा खाना पकाउँदै आएकी छन् । त्यस अघि उनले ग्यासमा खाना पकाउने गर्थिन् ।

शर्माको बसोबास घोराही बजारदेखि पाँच किलोमिटरको दुरीमा छ । ढुवानी महँगो हुने भएकाले उनलाई ग्यास सकिँदा बजारबाट नयाँ सिलिन्डर मगाउन गाह्रो हुने गरेको थियो ।

बिजुली चुलो प्रयोग गर्न थालेपछि शर्मालाई खाना पकाउन धेरै सहज भएको छ । उनी भन्छिन्, “खाना पकाउन सजिलो भएको छ । सिलिन्डर फेर्नुपर्ने बाध्यता छैन ।” कम खर्चमा भान्सा व्यवस्थापन गर्न पाएकामा शर्मा औधी खुसी छिन् ।

यस्तै घोराही–१५ की सर्मिला रिजाललाई पनि अचेल बिजुली चुलो प्रयोगमा ल्याउँदा धेरै सजिलो भएको छ । उनी भन्छिन्, “पहिला दाउरामा खाना पकाइयो, गोबर ग्यासको पनि प्रयोग गरियो । ग्यासमा पनि खाना पकाइयो ।

तर तर सबैभन्दा राम्रो र सजिलो बिजुली चुलो लाग्यो । अन्य प्रविधिमा श्रम धेरै गर्नुपथ्र्यो । बिजुली चुलो प्रयोग गर्न सजिलो छ ।” न्यूनतम विद्युत् महसुलमा खाना पकाउने गरेको उनले बताइन् ।

शर्मा र रिजालको जस्तै अहिले दाङका गृहिणीको रोजाइमा बिजुली चुलो बन्दै गएको छ । ‘स्वच्छ नेपाल दाङ’ले बिजुली चुलो परियोजना ल्याएर सहुलियतमा चुलो वितरण गरिरहेको छ ।

चुलोको साथमा प्रेसर कुकर, खाना पकाउने भाँडाकुँडा वितरण गर्ने गरेको स्वच्छ नेपालका अध्यक्ष सुशीला पौडेलले जानकारी दिइन् । ‘पर्यावरण संरक्षण र स्वच्छता हाम्रो अभियान’ नारासहित बिजुली चुलो बिक्री गरिँदैआएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?