मेसेन्जरमा अरुले पठाएको मेसेज हेरे पनि सिन नहोस् भन्ने चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । मेसेन्जरमा कहिलेकाहीँ नचाहँदा नचाहँदै आएको मेसेज हेरिन्छ । मानिसको स्वभाव पनि अनरिड मेसेज झुक्केर हेरिहाल्ने किसिमको हुन्छ । कतिपय मेसेज आफूले हेर्न चाहेका हुँदैनन् । तर, सिन (seen) भइसक्यो भने बाध्यताले पनि रिप्लाई गर्नुपर्छ ।

गोपनीयतालाई मध्यनजर गर्दै फेसबुकले हालै मेसेज हेरेपनि सिन भएको नदेखाउने फिचर ल्याएको छ । यदि तपाईं पनि आफूले हेरेको मेसेज ‘सिन’ भएको नदेखाओस् भन्ने चाहनुहुन्छ भने तलको प्रक्रिया अपनाउनुहाेस्:

  • सबैभन्दा पहिले मेसेन्जर एप खोल्नुहोस् ।
  • त्यसपछि माथि बायाँपट्टि रहेको तीन ओटा लाइनमा ट्याप गर्नुहोस् ।
  • अनि छेउमा देखिएको ‘सेटिङ’को आइकनमा ट्याप गर्नुहोस् ।
  • यति गरेपछि ‘प्राइभेसी एन्ड सेफ्टी’अप्सनमा जानुहोस् । र, अन्तिमतिर रहेको रिड रिसिप्ट (read receipt) अप्सनमा जानुहोस् ।
  • रिड रिसिप्टको अप्सन डिफल्ट रूपमा अन नै हुन्छ । यसको अर्थ तपाईंले कसैले पठाएको मेसेज हेर्नुभयो भने ‘सिन’ भएको देखाउँछ । तर, सोही अप्सन अफ गर्नुभयो भने तपाईंले कसैको मेसेज हेर्नुभयो भने ‘सिन’ भएको देखाउँदैन । त्यस्तै तपाईंले पठाएको मेसेज पनि कसैले हेरेको छ भने ‘सिन’ भएको देखाउँदैन ।

त्यस्तै तपाईंले कुनै विशेष व्यक्तिले आफूले मेसेज सिन गरेपनि थाहा पाओस् र उसले सिन गर्दा आफूलाई थाहा होस् भन्ने चाहनुभयो भने त्यसको पनि विकल्प छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

  • सबैभन्दा पहिले मेसेन्जर खोलेर आफूले मेसेज हेर्दा ‘सिन’ भएको थाहा पाओस् भन्ने व्यक्तिको मेसेज खोल्नुहोस् ।
  • अनि माथि दायाँपट्टि रहेको ‘आई’ आइकन (ⓘ) मा ट्याप गर्नुहोस् ।
  • त्यसपछि अन्तिमपट्टि रहेको ‘रिड रिसिप्ट’ अप्सनमा जानुहोस् ।
  • र, ‘शो रिड रिसिप्ट’ (show read receipt) अप्सन अन गर्नुहोस् ।

यति गरिसकेपछि उक्त व्यक्तिले तपाईंले मेसेज सिन गर्दा थाहा पाउँछ भने उसले मेसेज हेर्दा तपाईंले सिन भएको थाहा पाउनुहुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?