back to top

भीमकान्त भण्डारीसँग सुन छानबिन समितिले लियो बयान

काठमाडौं । सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ ।

६० किलो सुन तस्करी प्रकरण मुछिएर आरोपित बनेका भण्डारीसँग यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि सोधपुछ गरेको थियो ।

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक–पटक कुराकानी भएको देखिएपछि उनी छानबिनको दायरामा परेका हुन् । समितिले बोलाएपछि भण्डारी बिहीबार सिंहदरबार गएका थिए ।

भण्डारीको नाम विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा समेत जोडिएको थियो । तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पनि भएको कुराकानीका कारण उनी छाबिनको दायरामा आएका हुन् ।

संदिग्ध गतिविधिका आधारमा सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले पनि भण्डारीलाई बयानमा बोलाएको हो ।

यसअघि समितिले नेकपा माओवादीका नेता कृष्णबहादुर महरालाई पनि बयानका लागि बोलाएको थियो । उनले सिंहदरबारमै गएर बयान दिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?