back to top

मिटरब्याज पीडित साढे ४ सय किमि पैदल हिँडेर पुगे नवलपरासी

परासी । न्यायको माग गर्दै मार्चपास सुरु गरेका मिटरब्याज पीडित १२ औँ दिनमा पश्चिम नवलपरासी आइपुगेका छन् । माघ १६ गते कञ्चनपुरको महेन्द्रनगरबाट मार्च पास सुरु गरेका उनीहरु करिब ४ सय ५० किलोमिटर दुरी पार गरेर यहाँ आइपुगेका हुन् ।

सरकारले बनाएको जाँचबुझ आयोगबाट पनि पीडितले न्याय नपाएको भन्दै निर्णायक आन्दोलनका लागि मार्चपासमा निस्किएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले जनाएको छ ।

संघर्ष समितिले मिटर ब्याज सम्बन्धी कानून संशोधन र न्यायिक आयोग गठन गर्नुपर्ने लगायतको ६ बुँदे माग राख्दै मेची–महाकालीबाट एक साथ पैदल यात्रा सुरु गरेको हो ।

साढे चार सय मिटर पैदल पार गरिसकेका पैदलयात्रीहरु बिरामी पर्न थालेका छन् । उनीहरुमध्ये अधिकांशलाई चिसोले समातेको छ भने खुट्टा सुन्निन थालेका छन् ।

टाउको दुख्ने, ज्वरो आउने जस्ता समस्या देखा पर्न थालेका संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले जानकारी दिए । टोलीमा करिब ७० जना मिटरब्याज पीडितहरु सहभागी छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?