बर्दिया । बर्दिया बासगढी नगरपालिका–८ स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
बाँके कोहलपुर हुँदै बर्दिया मधुवनतर्फ जाँदै गरेको भे१ ख २२४४ नम्बरको बस अनियत्रित भई दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।
घाइते हुनेमा मधुवन नपा–१ की १७ वर्षिया प्रेमिका जिसी,सोही ठाउँकी १८ वर्षिय सरोज खड्का र १७ को मनिष बिक घाइते भएको प्रहरी उपरीक्षक सुधीरराज शाहीले जनाए ।
घाईतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भई रहेको छ । सवारी चालक मधुवन नपा–६ का करिब ५५ वर्षिय नारायण उपाध्यायलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक शाहीले बताए ।

