back to top

लुम्बिनी गुरुयोजना पूरा गर्न ढिलाइ गर्न हुँदैन : सभापति लामिछाने

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लुम्बिनी विकास गुरुयोजना पूरा गर्न ढिलाइ गर्न नहुने बताएका छन् । समयमै गुरुयोजना पूरा नहुँदा यस क्षेत्रका हजारौँ स्थानीयवासी विस्थापित हुनुपरेको उल्लेख गरे ।

राष्ट्रिय गौरवका आयोजना पूरा गराउने उद्देश्यसहित आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रियव्यापी दबाब अभियानको क्रममा बुधबार लुम्बिनी पुगेका सभापति लामिछानेले गुरुयोजना पूरा भए स्थानीयले रोजगारीको अवसर पाउने बताए । उनले ४६ वर्षदेखि अलपत्र लुम्बिनी गुरुयोजना कुनै पनि बाहनामा अब ढिला गर्न नहुने सुझाव दिए ।

सभापति लामिछानेले भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण अर्बौँ रुपैयाँको लगानी जोखिममा रहेको बताए ।

रास्वपाले राष्ट्रव्यापी दबाब अभियानअन्तर्गत लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि पैदलयात्रा गरेको हो । सातवटै प्रदेशमा रुग्ण तथा अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले रास्वपाले दबाब अभियान सञ्चालन गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?