बाँके । बाँकेमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाह टंकपसरी गाउँबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित भारत बहराईच रुपैडिहा थाना हासीयात टोलका २२ वर्षीय अनिस खानलाई बिहीबार बेलुकी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको खानलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

